नियम
मनोनयनपत्र साथ उम्मेदवारले पेश गर्नुपर्ने कागजात
ऐनको दफा २० बमोजिम मनोनयन पत्र दाखिला गर्दा उम्मेदवारले मनोनयनपत्र साथ देहायका कागजात पेश गर्नु पर्नेछ ः- (क) नेपाली नागरिकताको प्रमाणपत्र वा मतदाता परिचयपत्रको प्रतिलिपि, (ख) मतदाता नामावलीमा नाम समावेश भएको निस्सा, (ग)   ऐनको दफा ७० बमोजिम धरौटी जम्मा गरेको रसीद वा भौचर, (घ) दलको उम्मेदवारको हकमा ऐनको दफा १८ को उपदफा (४) बमोजिमको औपचारिक पत्र ।